ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

दशैंमा अतिरिक्त उडान

२०७९ भदौ, २९  
१० वर्ष अघि
NA

निजी वायुसेवा कम्पनीहरूले दशैंका लागि अतिरिक्त उडान थप्ने तयारी गरेका छन् । तर, थप उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, उडान तालिका तथा अनुमति शाखामा बुधवारसम्म कुनै निवदेन दर्ता नभएको सो शाखाले जानकारी दिएको छ । ‘शाखाबाट अनुमति नलिई कुनै पनि कम्पनीले थप उडान गर्न पाउँदैनन् । उडान गरेमा त्यो नियम विपरीत हुनेछ,’ शाखा प्रमुख दिनेशलाल कर्णले अभियानसँग भने । दशैंमा थप उडान गर्ने तयारीमा रहेको बुद्ध एयरका वरिष्ठ बजार प्रबन्धक रूपेश जोशीले थप उडानका लागि उडानकै समयमा अनुमति लिँदा पनि हुने बताए ।

घटस्थापनादेखि पूर्णिमासम्मको टिकट बुकिङ भइसकेकाले उडान थप्न लागेको अग्नि एयरका बजार प्रबन्धक प्रमोद पाण्डेले बताए । ‘अधिकांश टिकट बुकिङ भइसक्यो । थप्ने तयारी गरेका हौं,’ उनले भने । बुधवारसम्म अग्नि एयरको सो अवधिको ९५ प्रतिशत टिकट बुकिङ भइसकेको पनि उनले बताए । यो एयरले घटस्थापनादेखि पूर्णिमासम्म विराटनगर र पोखरामा २/२ तथा भैरहवा र भद्रपुरमा १/१ अतिरिक्त उडान गर्न लागेको बताएको छ । अहिले अग्नि एयरले विराटनगरमा ४, पोखरामा ३ तथा भैरहवा र भद्रपुरमा २/२ उडान गर्दै आएको छ ।

बुद्ध एयरले पनि विराटनगर र भद्रपुरमा १/१ उडान थप्ने भएको छ । यात्रुको चाप अत्यधिक बढेकाले उडान थप गर्न लागेको वरिष्ठ बजार प्रबन्धक जोशीले बताए ।

वर्ष ६ अंक १७ , बुधवार, ६ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement