ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौंरी र याकको बीमा

२०७९ भदौ, २९  
प्रदेश ०१
NA

ताप्लेजुङ । हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका कारणले सधैं ठूलो क्षति बेहोरिरहेका ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले अबचाौँरी र याकको बीमा दाबीबापत क्षतिपूर्ति पाउनेछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम शुरू गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन् ।

ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा पशुपालनको मुख्य क्षेत्र हो । विगतदेखि नै हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका कारणले किसानलाई ठूलो आर्थिक क्षति हुनबाट जोगाउनका लागि पशुबीमा कार्यक्रम शुरू गरिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने यी क्षेत्रमा पशु बीमाका लागि नेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख जयराम बाँस्कोटाका अनुसार पहिलो चरणमा गएको हप्ता ओलाङ्चुङ्गोलामा तीन सय ८३ वटा चौँरीको बीमा गरिएको छ । ओलाङ्चुङ्गोला बस्ती वरिपरि र माथिल्लो गोठ क्षेत्रमा रहेको याक र चौँरीहरुको बीमा गरिएको उनले बताए ।

ताप्लेजुङ सदरमुकामबाट एक दिनको गाडी यात्रा र दुई दिनको पैदल दुरीमा रहेको ओलाङचुङ्गोलामा याक, चौँरी चार सय ५० ओटा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा काम गरिरहेको समृद्ध पहाड परियोजनाका कार्यक्रम सहायक चितेन चेम्जोङले बताए । ओलाङचुङ्गोलाकै याङ्मा, फक्ताङलुङ गाउँपालिकाको घुन्सा र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पशुहरुको बीमा गर्नका लागि नेको बीमा कम्पनीले शुरुआत गरेको हो । अहिले ओलाङचुङ्गोलामा करिब चार सय ५० ओटा, याङ्मा क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा चार सय र याम्फुदिन क्षेत्रमा करिब दुई सय घरपालुवा पशु रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत सञ्चालनमा रहेको समृद्ध कञ्चनजङ्घाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले बताए ।

उनका अनुसार पशुबीमा कार्यक्रमका लागि सो परियोजनामार्फत प्रतिपशु रू २०० को दरले प्राविधिक खर्च उपलब्ध गराएको छ । विगतमा सो क्षेत्रमा पशुबीमाका लागि बीमा कम्पनीहरू जान मानेका थिएनन् । उनले भने, ‘भौगोलिक रूपमा दुर्गम भएको र सो क्षेत्रमा जाँदा प्राविधिक खर्च महँगो हुने भएकाले बीमा कम्पनीलेजान नसकिने बताउँदै आएका थिए । सो समस्यालाई समाधान गरी दुर्गम क्षेत्रहरुमा रहेको पशुहरुलाई पनि बीमा पहुँचमा पुर्‍याउने उद्देश्यका साथ सहयोग गरेका छौँ ।’ रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement