ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बजारमा नक्कली चुइङगम

२०७९ भदौ, २९  
विविध
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । बजारमा हेर्दा उस्तै देखिने नक्कली उत्पादनको बिगबिगी बढिरहेको छ । खाद्य तथा पेय पदार्थदेखि सौन्दर्य प्रसाधनसम्मका नक्कली उत्पादनबाट उपभोक्ता ठगिएका छन् । यस्ता उत्पादनबाट उपभोक्ताको हितमात्र होइन, स्वास्थ्यसमेत जोखिममा परेको छ ।

धेरैजसो यस्तो नक्कली काम बहुराष्ट्रिय कम्पनी र नाम चलेका उत्पादनको गरेको पाइन्छ । तर, केही स्वदेशी उद्यमी पनि यस्तो अस्वस्थ चलखेलमा लागेको भेटिएको छ ।

वीरगञ्जका एक जना चुइङगम उद्योगीले आफ्नो उत्पादनको नक्कल भएको गुनासो गरेका छन् । स्थानीय स्वीटमार्ट फुड इन्डस्ट्रिजका सञ्चालक निरञ्जन अग्रवालले आफ्नो उद्योगको ब्रान्डको नक्कल  भएको बताए ।

विराटनगरको एक उद्योगले आफ्नो उत्पादनको नक्कल गरेर चुइङगम निकालेको अग्रवालको आरोप छ । अग्रवालको स्वीटमार्टले ‘सेन्टर फ्रुट’ ब्रान्डको चुइङगम उत्पादन गर्दै आएको छ ।

आफ्नो ब्रान्ड, प्याकेटको रङ नक्कल गरी झट्ट हेर्दा उस्तै देखिने गरी विराटनगरको पर्फेक्ट फुड्स प्रालिले ‘सेन्टर फिल्ज’ नामको चुइङगम बजारमा ल्याएको अग्रवालले बताए ।

पर्फेक्ट फुडले आफ्नो प्रतिलिपि अधिकार हनन गर्नुका साथै नक्कली उत्पादन बजारमा पठाएर उपभोक्ताको हितविपरीत काम गरिरहेको आरोप अग्रवालको छ ।

पर्फेक्ट फुड्सका सञ्चालक आलोक राठी भने नियमअनुसार चुइङगम उत्पादन गरेको दाबी गर्छन् । ‘हामीले नियमअनुसार उत्पादन गरेको हो । कसैलाई आफ्नो अधिकार हनन भएको जस्तो लाग्छ भने अदालत जान सक्छन्, राठीले भने ।

पर्फेक्ट फुड्सविरुद्ध यसअघि नै एक भारतीय कम्पनीले ट्रेड मार्कसम्बन्धी विवादमा अदालतमा मुद्दा हालेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement