ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

लाउन्ज बार सञ्चालन गर्न मापदण्ड बनाउँदै धरान

२०७९ भदौ, २९  
प्रदेश ०१
NA

धरान । उपमहानगरपालिकाले मापदण्ड अनुसार होटेल तथा रेष्टुराँ सञ्चालनको तयारी गरेको छ । होटेल तथा रेष्टुराँलाई दुई वर्गमा विभाजन गरी मापदण्ड पूरा गरेका लाउन्ज बारहरूलाई राति २ बजेसम्म सञ्चालन गर्न दिने तयारी गरिएको हो । यस्तै साधारण होटेल तथा रेष्टुराँलाई १० बजेसम्म सञ्चालन गर्न दिने तयारी उपमहानगरपालिकाले गरेको छ ।

धरान उपमहानगरपालिकाको सातौं कार्यपालिका बैठकले लाउन्ज बार र साधारण होटेल सञ्चालनका लागि मापदण्ड तयार गर्न कार्यदल गठन गरेको छ । अघिल्लो वर्ष गठित कार्यदलले बनाएको मापदण्ड पुनरवलोकन गर्दै सुरक्षा निकायहरूसँग छलफल गरी थप परिष्कृत गर्न कार्यदल गठन गरिएको हो ।

कार्यदलमा संयोजक धरान वडा नं २ का अध्यक्ष रमेश राई रहेका छन् । समितिका सदस्यमा वडा नं १० का अध्यक्ष विवेक राई, वडा नं १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले, वडा नं १६ अध्यक्ष मुरारीप्रसाद भट्टराई, कार्यपालिका सदस्य दिनेश गजमेर, विकास भाटी र सिर्जना नेपाल रहेका छन् ।

यसअघि कार्यपालिका बैठकले धरानको पर्यटन प्रवर्द्धनका लागि मापदण्ड पुगेका लाउन्ज बार राति २ बजेसम्म र होटेल तथा रेष्टुराँलाई राति १० बजेसम्म सञ्चालन गर्न दिने प्रस्ताव गरेको थियो । धरानलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने कार्यपालिका सदस्य नेपालले बताइन् । पोखरामा मापदण्ड पुगेका होटेलहरू सञ्चालन भएकै कारण पोखरा नेपालकै पर्यटकीय क्षेत्र भएको उनको भनाइ थियो । कार्यदलका संयोजक रमेश राईले यो विषयलाई कार्यपालिका बैठकमा प्राथमिकताका साथ उठाइएको र अहिले सकारात्मक रूपमा अघि बढेको बताए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement