ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनआईसी एशियाका ग्राहकलाई दराजमार्फत खरीदमा छूट

२०७९ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दराज अनलाइनमार्फत सामान खरीद गर्दा छूट पाउने भएका छन् । दशैंको अवसरमा दराजमार्फत सामान खरीद गर्दा ग्राहकले छूट पाउने भएका हुन् । त्यसका लागि बैंकले दराजसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड प्रयोग गरी सामान खरीद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ छूट पाइनेछ । त्यस्तै क्रेडिट कार्डको प्रयोग गरी सामान खरीद गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्म छूट पाइने बैंकले जानकारी दिएको छ । उक्त छूट सुविधा बुधवार (२९ भदौ)देखि आगामी ११ असोजसम्म कायम रहनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement