ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

गेटवे पेमेन्ट सर्भिस र सनराइज बैंकबीच सम्झौता

२०७९ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । गेटवे पेमेन्ट सर्भिस र सनराइज बैंकबीच सम्झौता गरिएको छ । डिजिटल माध्यमबाट विप्रेषण, भुक्तानी कारोबार लगायत सेवा सुविधा विस्तार गर्ने क्रममा बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) नेपालसँग आबद्ध रहेको उक्त कम्पनीसँग सम्झौता गरेको हो । सोसम्बन्धी सम्झौतापत्रमा मंगलवार बैंकको केन्द्रीय कार्यालयमा बैंकका नायब महाप्रबन्धक रविन नेपाल र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार भारतमा रहेका नेपालीले सनराइज बैंकमा रहेका खातामा यूपीआईमार्फत सोझै रकमान्तर गर्न सक्नेछन् । साथै भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरूमा भारतीय बैंककै एपमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने बताइएको छ । उक्त सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास बैंकको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement