ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

एनसेलको दशैं योजना सार्वजनिक

२०७९ भदौ, २९  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले दशैं योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैंको अवसरमा प्रत्येक दिनको रिचार्जमा बोनस दिने योजना ल्याएको हो । कम्पनीका अनुसार सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ४० रुपैयाँसम्म बोनस पाइनेछ । उक्त योजना मंगलवारदेखि कार्यान्वयनमा आएको छ । ग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनस पाउने कम्पनीको भनाइ छ ।

ग्राहकले एक दिनमा एकै पटक वा पटक पटक गरी १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस पाउने कम्पनीले जानकारी दिएको छ । उक्त बोनसको म्याद ३ दिनसम्म हुनेछ । ग्राहकले एक दिनमा एकै पटक वा पटक पटक गरी २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाउने र सो बोनस ७ दिनभित्र खर्च गर्नुपर्ने कम्पनीको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement