ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

कोकाकोलालाई बाह्रौं कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड

२०७९ भदौ, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोकाकोला नेपालले ‘बाह्रौं कृति अवार्ड २०२२’ अन्तर्गत ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड (प्रथम) प्राप्त गरेको छ । केही दिनअघि सम्पन्न समारोहमा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । कम्पनीले गतवर्ष दशैंको अवसरमा ‘धन्यवाद’ थिममा एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएका सेवाकर्मीलाई धन्यवाद ज्ञापन गर्न कम्पनीले उक्त अभियान सञ्चालन गरेको थियो । उक्त अभियानअन्तर्गत विभिन्न गैरसरकारी संस्था र अस्पतालहरूमा कार्यरत ८ हजारभन्दा बढी सेवाकर्मीलाई धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरू प्रत्येकको नाम लेखिएको कोकाकोलाका बोतल र ग्लासहरू समावेश थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement