ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर

२०७९ भदौ, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिने उद्देश्यले उक्त मोटरसाइकल नेपाली बजारमा ल्याएको हो । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिमा आधारित नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर प्रतिज्ञाका साथ ल्याइएको कम्पनीको दाबी छ । उक्त मोटरसाइकल हिरो मोटोकर्पका देशभरका डिलरमार्फत खरीद गर्न सकिनेछ । यो मोटरसाइकलको मूल्य २ लाख ६६ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement