ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एकैदिन ताेलामा ७०० रूपैयाँ घट्यो सुनको भाउ

२०७९ भदौ, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । स्थानीय बजारमा बुधवार (आज) सुनको मूल्य ताेलामा ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९३ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार १७५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १८५ रूपैयाँमा किनबेच भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । आज (नेपाली समय अनुसार बिहान १०:५४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७०३ दशमलव ९५ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा सुनकाे मूल्य प्रतिऔंस १ हजार ७०२ दशमलव ३१ डलर थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ९४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ५४ पैसा थियाे । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement