ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सयपत्री हाइड्रोपावरकाे वित्तीय विवरण सार्वजनिक, नाफा ४८ % बढ्याे

२०७९ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीकाे गत आवकाे नाफा ४८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १ करोड १ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. १ करोड ५० लाख पुगेको हो । गत आवमा कम्पनीको आम्दानी बढेपछि नाफा वृद्धि भएको हो ।

अघिल्लो आवमा कम्पनीको प्रत्यक्ष आम्दानी रू. ५ करोड ५३ लाख रहेकोमा गत आवमा बढेर रू. ६ करोड ६४ लाख पुगेको छ । गत आवमा कम्पनीको नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशलमव ८४ रहेकोमा गत आवमा बढेर रू. ७ दशमलव १८ पुगेको छ ।

त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. २१ करोड रहेको छ । मूल्य आम्दानी अनुपात १४ गुणा र प्रतिशेयर नेटवर्थ रू. ८१ दशमलव १६ रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको वित्तीय लागत बढेको छ । अघिल्लो आवमा कम्पनीकाे वित्तीय लागत रू. २ करोड ६९ लाख रहेकोमा गत आवमा बढेर रू. ३ करोड १६ लाख पुगेको हो ।

वित्तीय विश्लेषण हेर्न यहाँ क्लिक गर्नुहाेला

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement