ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

२०७९ भदौ, २९  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, सप्तरी । राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement