ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

बाल दिवसको अवसरमा कामना सेवा बैंकद्वारा आश्रित बालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण 

२०७९ भदौ, २९  
बागमती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, चितवन । राष्ट्रिय बाल दिवसको अवसरमा कामना सेवा विकास बैंकले आश्रित बालिकाहरूलाई झोलालगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले भरतपुरको नौरंगेस्थित सहाराको घरमा आश्रय लिइरहेका बालबालिकाहरूलाई मंगलवार उक्त सामग्री हस्तान्तरण गरेको हो । 

कार्यक्रममा बैंकको नारायणगढ क्षेत्रीय प्रबन्धक शिवकुमार ढकाल, नारायणगढ शाखा प्रबन्धक एवं कलस्टर हेड निश्चलकुमार मानन्धरलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रित बालिकाहरूलाई सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको बैंकले जनाएको छ । सहाराको घरकी आमा कुशुम तिवारीका अनुसार १८ जना बालिकाहरूले आश्रय लिइरहेका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement