ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेप्से परिसूचकसँगै कारोबारमा वृद्धि, कम पूँजी भएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

२०७९ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । बुधवार नेप्से परिसूचक ४७ दशमलव ४४ अंक वृद्धि भएर १ हजार ९८१ दशमलव ४८ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २२७ धितोपत्रको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर ३१ हजार २३ पटकमा रू. १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ बराबरको शेयर खरीदविक्री भएको छ । 

बुधवार नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलवार पनि नेप्से परिसूचक २१ अंक बढेको थियो भने रू. ९२ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । 

बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा परेको छ । सोही कारण बुधवार अधिकांश कम पूँजी भएका कम्पनीहरूको शेयर मूल्य बढेको छ । पछिल्लो समय बजार निरन्तर घटेकाले अधिकांश कम्पनीहरूको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा आएको छ ।

सोही कारण पनि बजारमा खरीदकर्ता आएका हुन् । अब लाभांशको सिजन शुरू भएको छ । सोही कारण विगतमा राम्रो लाभांश दिएका कम्पनीहरूको शेयरमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् । 

कारोबारमा आएका २२७ धितोपत्रमध्ये ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य प्रतिकित्ता रू. २७३ दशमलव ९० पुगेको छ । त्यसैगरी दोस्रोमा लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ८ दशमलव ३२ प्रतिशत वृद्धि भई रू. २५७ दशमलव ८० पुगेको छ । 

बुधवार सबैभन्दा बढी एनआईसी एशिया फेलेक्सी क्याप फण्डको इकाई मूल्यमा नेगेटिभ सर्किट लागेको छ । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । इकाई मूल्य रू. ९ मा झरेको छ । त्यसैगरी दोस्रोमा एनआईबिएल प्रगति फण्डको इकाई मूल्य ८ दशमलव ९५ प्रतिशत घटेर रू. ८ दशमलव शून्य ४ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री भएको नबिल बैंकको रू. ६ करोड ५१ लख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९९ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा गोर्खाज फाइनान्सको रू. ४ करोड ५७ लाख बराबर छ ।

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक ५ दशमलव ९ प्रतिशत बढेको छ । त्यसैगरी दोस्रोमा व्यापार समूहको परिसूचक ५ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement