ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

भीषा डाइरेक्ट मार्फत सोझै एन आई सी एशिया बैंकको खातामा रकम पठाउन सकिने 

२०७९ भदौ, २९  
समाचार
Image Not Found

काठमाडौं। एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भीषा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ । 
यस बैंकले भीषा ईन्टरनेशनलसँग सहकार्य गर्दै सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत विश्वका कुनै पनि भीषा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउनेले आफ्नो मोबाइल इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत खातामा सोझै रकम पठाउन सक्नुहुनेछ ।

विदेशमा रहेर  परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले यो सेवा ल्याएको तथा यस सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको  छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement