ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

समितिले बोलाएको छलफलमा न्यायाधीशहरू नजाने

२०७९ भदौ, ३०  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन गठित प्रतिनिधिसभाको सिफारिश समितिले डाकेको छलफलमा नजाने भएका छन् । बुधवार सर्वोच्चको पूर्ण बैठकले प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिले बोलाएको छलफलमा नजाने निर्णय गरेको हो ।

‘महाअभियोग सिफारिश समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवालजवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथक्कीकरणको सिद्धान्त र संविधानसम्मत पनि उचित नहुने पूर्ण बैठकबाट निर्णय भएको’ सर्वोच्चका कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले समितिलाई पठाएको पत्रमा उल्लेख छ ।

समितिमा बयान दिने क्रममा जबराले सर्वोच्चका न्यायाधीश र केही कानून व्यवसायीको नाम लिएका थिए । समितिले नाम जोडिएका व्यक्तिलाई छलफलमा बोलाउने निर्णय गरेको थियो । जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको नाम लिएका थिए ।

त्यस्तै बयानको क्रममा जबराले नाम लिएका नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र अधिवक्ता ओमप्रकाश अर्याललाई पनि समितिले बयानका लागि बोलाएको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement