ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दराजको दशैं धमाका घोषणा

२०७९ भदौ, ३०  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । अनलाइन शपिङ प्लेटफर्म दराजले दशैं धमाका अभियानको घोषणा गरेको छ । आफ्नो पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’ आयोजना गरेको केही दिनमै दराजले यो अभियानको घोषणा गरेको हो । उक्त अभियान बुधवारदेखि शुरू भएको कम्पनीले जानकारी दिएको छ । अभियान गतवर्षको तुलनामा ठूलो र भव्य हुने कम्पनीको दाबी छ ।

अभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगा डिल, नि:शुल्क शपिङ र रू. २ हजार ५०० सम्मको छूट सुविधा रहेका छन् । त्यस्तै ग्राहकले १० हजार रुपैयाँसम्मको मेगा भौचर र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको कम्पनीले बताएको छ ।

ग्राहकले दराजमार्फत सामान खरीद गरी डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ छूट पाउनेछन् । त्यस्तै क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाउने कम्पनीको भनाइ छ ।

नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला डेभलपमेण्ट बैंक र ज्योति विकास बैंकका ग्राहकले कार्डमार्फत भुक्तानी गर्दा छूट पाउनेछन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement