ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पञ्चकन्या ग्रूपद्वारा दन्त शिविर आयोजना

२०७९ भदौ, ३०  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । पञ्चकन्या ग्रूपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा दन्त शिविर आयोजना गरेको छ । कम्पनीले भदौ २३ र २४ गते कर्पोरेट कार्यालय ललितपुरमा ‘सहयात्री नेपाल’को सहयोगमा दन्त शिविर आयोजना गरेको हो । शिविरमा सहयात्री नेपालबाट डाक्टर र प्राविधिक गरी ११ जना जनशक्ति सहभागी थिए । उनीहरूले ग्रूपमा कार्यरत १५६ जना कर्मचारीको दाँतको चेकजाँच, औषधि वितरण र आवश्यक परामर्श सेवा उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ । सोही संस्थाले ग्रूपको उद्योग परिसर, भैरहवामा पनि भदौ १२ देखि १६ गतेसम्म दन्त शिविर आयोजना गरेको थियो । पञ्चकन्या ग्रूपले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष यस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement