ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सानिमा बैंकका ग्राहकलाई दराज अनलाइनबाट खरीद गर्दा छूट

२०७९ भदौ, ३०  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । दशैंको अवसरमा सानिमा बैंकका ग्राहकले दराज अनलाइनमार्फत सामान खरीद गर्दा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र दराजबीच सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार ग्राहकले दराजबाट सामान खरीद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा छूट पाउनेछन् । डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म छूट पाउने बैंकले बताएको छ । त्यस्तै क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाइनेछ । बुधवारदेखि शुरू भएको यो अफर असोज ११ गतेसम्म कायम रहने बताइएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement