ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

रिलायन्स लाइफ र जानकी गाउँपालिकाबीच सम्झौता

२०७९ भदौ, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच सम्झौता गरिएको छ । बालजीवन बीमा योजना अन्तर्गत ‘मेरा मुटु बाल जीवन बीमा’ योजनाका लागि दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौता अनुसार जानकी गाउँपालिकामा गत साउन १ गतेपछि जन्मिएका सबै छोरीहरूका लागि वार्षिक रू. ५ हजार  बीमा शुल्क बराबरको २० वर्षे अवधिको बीमा गरिनेछ । सोसम्बन्धी सम्झौतापत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले हस्ताक्षर गरेका छन् । आगामी दिनमा नेपालका अन्य स्थानीय सरकारसँग पनि सहकार्य गरिने ओलीले बताए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement