ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

२०७९ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बिहीवार (आज) देखि संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले १७ हजार ९४३ कित्ता संस्थापक शेयसर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले शेयरधनीहरुले असोज ५ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

बोलपत्र असोज ५ गते बुधवार अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा खोलिने छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement