ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आशा लघुवित्तले ५१ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने 

२०७९ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले असोज ५ गतेदेखि संस्थापक शेयर विक्री खुला गर्ने भएको छ ।  कम्पनीले ५१ हजार ९९० कित्ता  विक्री गर्ने भएको हो ।

कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १३ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. ३९५ रहेको छ ।
 
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १४ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा खोलिनेछ ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement