ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आजदेखि एमडीएमएस लागू, अवैध रूपमा मोबाइल भित्र्याए के हुन्छ ?

२०७९ भदौ, ३०  
बजार
Image Not Found
सांकेतिक तस्वीर

काठमाडौं। मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरिएको छ।

२०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको छ। २०७९ भदौ पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए/नभएको एकिन गरी मात्र खरीद गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

साथै, मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्नसमेत प्राधिकरणले विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement