ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दुई दिनमा ताेलामा हजार रूपैयाँले घट्यो सुनको भाउ

२०७९ भदौ, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडाैं । पछिल्लाे दुई दिनमा सुनको मूल्य ताेलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार (आज) सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेर ९२ हजार ५०० रूपैयाँ कायम भएको छ । गत बुधवार सुन तोलाको ७०० रूपैयाँले घटेर ९२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । त्यसकाे अघिल्लाे दिन मंगलवार सुनकाे मूल्य ताेलाकाे ९३ हजार ५०० रूपैयाँ थियाे । 

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५ रूपैयाँ बढेर १ हजार १८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । आज (नेपाली समय अनुसार बिहान ११:१२ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६८८ दशमलव २८ डलर पुगेको छ । बुधवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६९७ दशमलव ६० डलर थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ४१ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ९४ पैसा थियो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement