ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

रोल्पामा प्रतिकेजी ४ रूपैयाँमा पनि बिक्दैन बन्दा, किसानकाे दुखेसाे- श्रम खेरै गयो

२०७९ भदौ, ३०  
समाचार
Image Not Found
रोल्पाको त्रिवेणी–४, निगालपानीस्थित मंगलज्योति ताजा तरकारी कृषि हाटबजार संकलन केन्द्रमा तरकारी किनबेच गरिँदै । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

रोल्पा। रोल्पाको त्रिवेणी–४, निगालपानीस्थित मंगलज्योति ताजा तरकारी कृषि हाटबजार संकलन केन्द्रमा गत बुधबार तरकारी बेच्न आएकी स्थानीय किसान सुनमाया निरास मुद्रामा देखिन्थिन् । उनी निरास हुनुको कारण थियो– तरकारीको उचित भाउ नपाउनु । 

हाटबजारमा बन्दाको मूल्य प्रतिकेजी १० रूपैयाँ तोकिएको थियो । तर, हाजबजारमा तरकारी किन्न आएका व्यापारीहरू उक्त मूल्यमा तरकारी किन्न मानिरहेका थिएनन् । उनीहरूले बन्दा मूल्य प्रतिकेजी ४ रूपैयाँभन्दा कम तोक्न किसानसँग मोलमोलाइ गरिरहेका थिए । बन्दा मात्रै होइन, अन्य तरकारीको मूल्यमा पनि मोलमोलाई गरिरहेका थिए होलसेल व्यापारीहरू । 

तरकारीको उचित मूल्य नपाएपछि मेहनत मात्रै खेर गएको सुनमायाले दुखेसो पोखिन् । ‘बन्दा प्रतिकेजी ४ रूपैयाँमा दिँदा पनि किन्दैनन् । अब कसरी लागत उठाउने ?’ सुनमायाले अभियानसँग गुनासो पोखिन् ।  

बिहीवार काठमाडौंको कालिमाटी तरकारी बजारमा बन्दा प्रतिकेजी ४० रूपैयाँमा विक्री भइरहेको छ । यसको तुलनामा रोल्पाको हाटबजार संकलन केन्द्रमा भने बन्दाको मूल्य १० गुणा कम छ । 

तरकारीको उचित मूल्य नपाएपछि फिर्ता लैजाने उनले बताइन् । फिर्ता लगिएको बिहीवार सिम्पानीमा लाग्ने हाटबजारमा विक्री गर्न लैजाने उनले बताइन् । त्यहाँ राम्रो भाउ पाउने उनको आशा छ । 

बुधवार र आइतवार लाग्ने उक्त हाटबजारमा स्थानीय कृषक तरकारी बेच्ने गरेका छन् । हाटबजारमा रोल्पाको सिम्पानी, बाफें, बुढागाउँ, सल्यानको कोरीम, दाङ, बुटवललगायत क्षेत्रका व्यापारीहरू तरकारी किन्न आउने गर्छन् । हाटबजारमा मौसमी तरकारी गोलभेडा, काउली, बन्दा, खुर्सानी लगायतको किनबेच हुने गरेको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement