ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

६ महीनासम्म यथावत् रहेको बैंकको ब्याजदर असोजमा भने बढ्ने

२०७९ भदौ, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विगत ६ महीनासम्म यथावत् रहेको वाणिज्य बैंकहरूको ब्याजदर असोजमा भने बढ्ने भएको छ ।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत फागुनदेखि ब्याजदरमा गरेको भद्र सहमति तोड्ने निर्णय गरेसँगै असोजमा ब्याजदर बढ्ने देखिएको हो । अब बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम आफू अनुकूल ब्याजदर निर्धारण गर्न पाउनेछन् । 

नेपाल राष्ट्र बैंकले अघिल्लो महीनाको औसत ब्याजदरको १० प्रतिशत मात्र बढाउन पाउने व्यवस्था गरेकाले असोजमा बैंकहरूको ब्याजदर अधिकतम १२ दशमलव १३ प्रतिशत कायम हुने देखिन्छ । गत फागुनदेखि नै बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement