ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाल पुनर्बीमा कम्पनीले पारित गर्‍यो अघिल्लो आर्थिक वर्षको लाभांश 

२०७९ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को लाभांश पारित गरेको छ । कम्पनीले बिहीवार सातौं वार्षिक साधारणसभा सम्पन्न गर्दै प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको हो ।

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाख कायम हुनेछ । 

सभाले लाभांश प्रस्तावसँगै अघिल्लो आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै गत आर्थिक वर्ष ०७८/७९ को लागि वार्षिक लेखापरीक्षणका लागि टि.आर उपाध्याय एण्ड कम्पनी चार्टड एकाउन्टेन्ट्स बानेश्वर काठमाडौंलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि भदौ १९ गते आइतवार एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १७ गते शुक्रवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको सञ्चित मुनाफाबाट कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष १६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लगानीकर्ताहरूले अघिल्लो वर्षभन्दा गत वर्षको लाभांश कम भएकोमा सभामार्फत गुनासो गरेका छन् ।

नेपालकै पहिलो पुनर्बीमा कम्पनीको पहिचान कायम राखी शेयरधनीहरूलाई आकर्षक प्रतिफल वितरण गर्ने क्षमतामा कम्पनीलाई अघि बढाउन लगानीकर्ताहरूले सुझावसमेत दिएका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement