ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

मिर्मिरे लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

२०७९ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत पुस २९ गते पारित गरेको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको २० प्रतिशत बोनस शेयर बापतको ८ लाख ७० हजार १४२ दशमलव ३१ कित्ता बोनस शेयर बिहीवार सूचीकृत गराएको हो । 

शुक्रवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले बोनस शेयर र साधारणसभा प्रयोजनका लागि २०७८ पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा २०७८ साल पुस १८ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement