ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

लघुवित्तीय संस्थाहरू खारेजीको माग, जनतामाथि आर्थिक शोषण गरेको आरोप 

२०७९ भदौ, ३०  
समाचार
Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न माग गरेको छ । बिहीवार काठमाडौंमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले सरकारसँग यस्तो माग गरेको हो । 

पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तीय संस्था र नेपाल लघुवित्त बैंकर्स संघले आर्थिक र सामाजिक रूपान्तरणको नाममा जनतामाथि शोषण गरेको आरोप लगाए । लघुवित्तीय संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्गको ट्याग लगाएर जनतालाई सुकुम्वासी बनाउन खोजेको भन्दै उनले यसो हुन नदिने बताए । 

उनले लघुवित्त बैंकर्स संघले जनतालाई आर्थिक शोषण गरेकाले वार्ताबाट भागेको आरोपसमेत लगाए । अध्यक्ष ज्ञवालीले वित्तीय व्यवस्थाविरुद्ध नभएर वित्तीय नीति सुधार्न लघुवित्त संस्था खारेजीका लागि आन्दोलन गरेको बताए । साथै उनले लघुवित्त संस्थाहरूले गलत तरिकाले लगाएको ऋणसमेत मिनाहा गर्नुपर्ने बताए । 

संघर्ष समितिले सरकारले लघुवित्तीय संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र रकमको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग राखेको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement