ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण गरिँदै

२०७९ भदौ, ३१  
मधेश प्रदेश
NA

जनकपुरधाम । बजार क्षेत्रमा छाडा रूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (कान्जी हाउस) निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा पशु चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले वडा नं १२ कुवामा गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर गौशाला निर्माण गर्न लागेको हो ।

उपमहानगरपालिकाले कुल रू. एक करोड लागतमा निर्माण गर्न लागेको गौशालामा चौपाया राख्ने घर, चौपायाका लागि चाहिने पराल तथा गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घर बनाइने नगर उपप्रमुख किशोरी साहले जानकारी दिइन् । गौशालाको निर्माणले नगर क्षेत्रमा जथाभावी रूपमा छाड्ने चौपाया नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि ठूलो मद्दत पुग्ने बताइएको छ । गौशालाको निर्माणसँगै प्राचीन राजदेवी मन्दिरको पनि सौन्दर्यकरणका लागि उपमहानगरपालिकाले काम अघि बढाउने योजना रहेको उपप्रमुख साहको भनाइ छ ।

गौशाला निर्माण भएपछि छाडा चौपायाले प्रदान गर्ने गोबर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम लागतमा किसानलाई मल विक्री गर्ने लक्ष्य रहेको उपमहानगरपालिकाले बताएको छ । जथाभावी छाड्ने पशु चौपायाका कारण बजार क्षेत्रको सडक व्यवस्थापनमा समस्या आउनुका साथै नगर क्षेत्रमा फोहोरमैला बढ्दै गएको छ । गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिने बताएको छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement