ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५८ विद्यालय छनोट

२०७९ भदौ, ३१  
सुदूरपश्चिम प्रदेश
NA
author avatar अभियान संवाददाता

बैतडी । बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यालय छनोटमा परेका छन् । कार्यक्रम अन्तर्गत २ कोठे आईटी ल्याब स्थापना र चारकोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा परेका हुन् । छनोटमा परेका विद्यालयमध्ये २१ ओटामा आईसीटी ल्याब स्थापना गरिनेछ । ३७ ओटा विद्यालयमा दुई तथा चारकोठे भवन निर्माण गरिने भएको छ ।

जिल्लामा सबैभन्दा बढी विद्यालय पुर्चाैडी नगरपालिकाबाट छनोटमा परेका छन् । उक्त नगरपालिकामा १३ ओटा विद्यालय सो कार्यक्रमका लागि छनोट भएका हुन् । त्यस्तै पाटन नगरपालिकाका ५ विद्यालय र सुर्नया गाउँपालिका तथा शिवनाथ गाउँपालिकामा ६/६ ओटा विद्यालय छनोट भएका छन् ।

जिल्लाको मेलौली नगरपालिकामा आठ विद्यालय र डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका तथा पञ्चेश्वर गाउँपालिकामा चार/चार ओटा विद्यालय सो कार्यक्रमका लागि छनोट भएका छन् । आईसीटी ल्याबका लागि ६ लाख ५० हजार रुपैयाँ, दुईकोठे भवनका लागि २५ लाख र चारकोठे भवनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement