ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बीपीमा बन्द रहेको फार्मेसी ५ वर्षपछि सञ्चालन

२०७९ भदौ, ३१  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत बन्द रहेको फार्मेसी ५ वर्षपछि सञ्चालनमा आएको छ । प्रतिष्ठानले ५ वर्षअघि निजी मेडिकललाई ठेक्कामा चलाउन दिएको फार्मेसी हटाएर आफैले सञ्चालन गर्ने बताएको थियो । बिहीवार एक कार्यक्रमका बीच प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले फार्मेसी उद्घाटन गरे । अस्पताल निर्देशक डा. जगतनारायण प्रसादका अनुसार गतवर्षको कात्तिकमा एक समिति गठन गरेर फार्मेसी सञ्चालनको पहल शुरू गरिएको थियो ।

फार्मेसी उद्घाटन गर्दै उपकुलपति डा. गिरीले अब जनतालाई औषधि खरीदमा धेरै राहत मिल्ने बताए । साथै संस्थालाई पनि आर्थिक रूपमा फाइदा हुने उनको भनाइ छ । प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्यप्रसाद संग्रौलाले अस्पतालभित्रै सबै प्रकारका औषधि व्यवस्थापन गर्न सकिए बिरामीले सुलभ मूल्यमा पाउने र प्रतिष्ठानको आम्दानी पनि बढ्ने बताए । प्रतिष्ठानका कमीकमजोरी सुधार गर्दै फार्मेसीलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement