ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ग्लोबल आइएमईका एससीटी डेबिट कार्डवाहकलाई क्यासब्याक अफर

२०७९ भदौ, ३१  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दशैंमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा दशैंका लागि उक्त कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डी अफर’ ल्याएको हो ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको बैंकको दाबी छ । ‘जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्डवाहक ग्राहकले ३३ दशमलव ३३ प्रतिशत अर्थात् रू. १ हजार (अधिकतम)सम्म क्यासब्याक पाउनुहुनेछ,’ बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तीमा तीनओटा पीओएस कारोबार गर्ने कार्डवाहकलाई रू. ५०० तथा कम्तीमा ६ ओटा पीओएस कारोबार गर्ने कार्डवाहकलाई रू. १ हजार क्यासब्याक प्रदान गरिने बैंकले बताएको छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रू. ५०० हुनुपर्नेछ, जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement