ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’

२०७९ भदौ, ३१  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ ल्याएको छ । ग्राहकमुखी यो योजना बिहीवारदेखि नै शुरू भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले रू. ५ लाखसम्मको छूटका साथै स्क्र्याच कार्डमार्फत थप रू. १ लाख ५० हजारसम्मको नगद छूट पनि पाउन सक्ने कम्पनीले बताएको छ । साथै ग्राहकले १ वर्षको नि:शुल्क बीमा पाउनेछन् । यसैगरी सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको नि:शुल्क सर्भिसिङका साथै सडक कर भुक्तानी सुविधा रहेको जानकारी कम्पनीले दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरूम र १९ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement