ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

खुकुरी ह्वाइट रम बजारमा

२०७९ भदौ, ३१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मदिरा उत्पादक कम्पनी ‘दी नेपाल डिस्टिलरिज’ले खुकुरी ह्वाइट रम बजारमा ल्याएको छ । सोसँगै खुकुरी ब्राण्डले उत्पादन गर्ने रमको प्रकार तीन पुगेको छ । कम्पनीले यसअघि खुकुरी ट्रिपल एक्स र खुकुरी स्पाइस्ड विक्री गर्दै आएको थियो । खुकुरी ह्वाइट रम स्पष्ट र पारदर्शी रहेको कम्पनीको दाबी छ । उक्त मदिरा बरफ (आइस) हालेर पिउन सकिने कम्पनीको भनाइ छ । त्यस्तै कोला वा जुस लगायतको मिक्सरसँग पनि पिउन सकिने जानकारी कम्पनीले दिएको छ ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लागेको कम्पनीको दाबी छ । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रूपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखला पार गरिएको कम्पनीले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement