ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कोभिडपछि बुद्ध एयरको आम्दानीमा उल्लेख्य सुधार

२०७९ भदौ, ३१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरको व्यावसायिक उडानसँगै आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले २०२२ को ९ महीनामा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

आन्तरिक उडानमा ५६ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको उक्त कम्पनीले सो अवधिमा सन् २०१८, २०१९, २०२० र २०२१ को (वार्षिक) भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा ६ अर्ब ८ करोड र २०१९ मा ६ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै सन् २०२० मा ४ अर्ब ९४ करोड र २०२१ मा कम्पनीको आम्दानी ३ अर्ब ३३ करोड रुपैयाँ थियो ।

करीब साढे २ दशकअघि व्यावसायिक उडान शुरू गरेको कम्पनीले हाल जहाजहरू थपेसँगै आम्दानी पनि बढाएको छ । कोरोना महामारीपछिको यो अवधिमा कम्पनीले मासिक आम्दानीमा सुधार गरेको इक्रा नेपालले उल्लेख गरेको छ ।

आन्तरिक हवाई यात्रुको चहलपहल बढेको र यो वर्ष पर्यटक आगमनमा सुधार भएकाले कम्पनीकोआम्दानीमा पनि वृद्धि भएको हो । पर्यटकीय सिजनमा मासिक ४ हजारभन्दा बढी उडान/अवतरण गर्दै आएको बुद्धले मार्च महीनामा मात्रै २ लाख ३३ हजार ९६० यात्रुलाई सेवा दिएको थियो ।

कम्पनीले अक्टोबरसम्ममा थप पाँचओटा जहाज ल्याउने तयारी गरेको छ । कम्पनीले एटीआर–७२ सिरिजका जहाज ल्याउने भएको हो । पोखरालाई समेत ‘हब’ बनाएर उडान शुरू गरेको बुद्धसँग अहिले १६ ओटा जहाज छन् । मुलुकका १४ ओटा गन्तव्यमा कम्पनीले उडान गर्दै आएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement