ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२०७९ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । कुमारी बैंक लिमिटेडले निष्कासन गरेको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने शुक्रवार (आज) अन्तिम दिन रहेको छ ।  बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ भदौ १७ गतेदेखि निष्कासन गरेको हो । 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेबसाइटबाट आवेदन दिन सक्नेछन् । यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट बैंकिङ समयसम्म सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी आईआर ट्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement