ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सुनको मूल्य साढे ९ महीनायताकै न्यून, कारोबार पनि घट्यो

२०७९ भदौ, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य साढे ९ महीनायताकै न्यून बिन्दुमा झरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य गत माघ १७ यताकै कम ताेकिएकाे छ । उक्त दिन ताेलाकाे ९१ हजार ८०० कायम भएकाे सुनकाे मूल्य शुक्रवार (आज) ताेलाकाे ९१ हजार ५०० ताेकिएकाे छ ।

यस अवधिमा सुनकाे मूल्य ताेलाकाे १ लाख ५ हजार ५०० रूपैयाँसम्म पुगेकाे थियाे । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत फागुन २५ गते सुन उक्त बिन्दुमा पुगेकाे थियाे ।   

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाख्य अन्तरराष्ट्रिय शेयर बजारकाे असरका कारण नेपालमा सुनकाे मूल्य घटिरहेकाे बताउँछन् । 

रिद्धिसिद्धि ज्वलैर्सका कर्मचारी रावन अधिकारी सुनको मूल्य घटेपछि काराेबार पनि सुस्ताएको बताउँछन् । ‘सुनकाे मूल्य दैनिक घटिरहेकोले अझै घट्ने आशामा ग्राहक कुरिरहेका छन्,’ उनले भने । 

आज पनि घट्याे सुनकाे भाउ

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँ घटेकाे हाे । बिहीवार सुन तोलाको ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रूपैयाँले घटेर १ हजार १७० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । आज (नेपाली समय अनुसार बिहान १२:०८ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६६३ दशमलव ८२ डलर पुगेको छ । बिहीवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६६२ दशमलव ८९ डलर थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ८२ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२६७ रूपैयाँ ४१ पैसा थियो ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement