ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

कामना सेवा बैंकद्वारा असहाय बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण 

२०७९ भदौ, ३१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चितवन । कामना सेवा विकास बैंक, विकास चोक शाखाले असहाय बालबालिकाहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । 

बैंकले भरतपुरको कृष्णपुरस्थित राइज अप होममा आश्रित बालबालिकाहरूलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । बैंकले एक कार्यक्रमबीच अनाथालयको १५ जना बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरेको हो । वितरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको बैंकका शाखा प्रमुख प्रकाश पन्तले बताए ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement