ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दोहोरो अंकले घट्यो नेप्से, ९० करोडको शेयर कारोबार 

२०७९ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । शुक्रवार बजार बन्द हुँदा नेप्से १४ दशमलव १० अंकले घटेर १ हजार ९१० दशमलव ३३ बिन्दूमा झरेको छ । 

यस दिन २२० ओटा धितोपत्र १८ हजार ५३१ पटक काराेबार हुँदा ९० करोड ८१ लाख ८६ हजार ४८७ रूपैयाँ बराबरको कारोबार भएको छ। यस दिन सर्वाधिक शेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ४ करोड २३ लाख रूपैयाँ बराबरको शेयर किनबेच भएको हो। यो सूचीमा दोस्रोमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको ३ करोड २ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ३६ प्रतिशतले घटेको छ। यस्तै, विकास बैंकको परिसूचक १ दशमवल २७ प्रतिशत र जलविद्युतको १ दशमलव १७ प्रतिशतले घटेको छ । 

आज नबिल ब्यालेन्सड फण्डको इकाई मूल्य सबैभन्दा धेरै ७.८७ प्रतिशतले बढेको छ। इकाई मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा बुद्धभूमि नेपाल हाइड्रोपावर छ । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेको छ।

यस दिन मिर्मिरे माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९८० रूपैयाँमा झरेको छ। सर्वाधिक शेयर मूल्य घट्नेको दोस्रो स्थानमा छ रिभर फल्स पावर । कम्पनीको शेयर मूल्य ५ दशमलव ३१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३२ रूपैयाँ कायम भएको छ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement