ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाल लाइफले प्रस्ताव गर्‍यो १५.७९ प्रतिशत लाभांश, यो वर्ष नगद लाभांश मात्रै 

२०७९ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को लागि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको भदौ ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कुल नगद लाभांशमध्ये शून्य दशमलव ७९ प्रतिशत कर प्रयोजनका लागि रहेको समेत कम्पनीले प्रष्ट पारेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २९ करोड ५९ लाख ९४ हजार बराबरको लाभांश कम्पनीले वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement