ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अर्जेन्टिनामा ब्याजदर ५५० आधार बिन्दुले बढाएर ७५ प्रतिशतमा 

२०७९ भदौ, ३१  
अन्तरराष्ट्रिय
Image Not Found

ब्यूनस आयर्स (अर्जेन्टिना) । अर्जेन्टिनाको केन्द्रीय बैंकले ब्याजदर बढाएर उच्च वृद्धि गरेको छ । महँगी प्रक्षेपण वार्षिक आधारमा ८० प्रतिशत नजिक उक्लिने प्रक्षेपण गरिएको भोलिपल्ट केन्द्रीय बैंकले बिहीवार ब्याजदर ५५० आधार बिन्दुले बढाएर ७५ प्रतिशत पुर्याएको हो ।

अगष्टमा पनि बैंकले २८ दिने ललिक बेञ्चमार्क दर ९५० आधार बिन्दुले बढाएको थियो । पछिल्लो समय देशभरमा महँगी अकासिएकाे छ । सर्वसाधारणहरूको बचत र तलबले समेत जीविका धान्न सक्ने अवस्था छैन । सरकारको लोकप्रियता पनि खस्कँदै गइरहेको छ ।

यस्तोमा सरकार जसरी हुन्छ महँगी नियन्त्रण गर्ने कोशिशमा छ । अन्तरराष्ट्रिय मुद्रा कोषले अर्जेन्टिनालाई ४४ अर्ब डलरको नयाँ कर्जा सम्झौता दिँदा नै सरकारले आगामी कर्जा भुक्तानी दायित्व पूरा गर्नु पर्ने शर्त राखिएको थियो । सो कर्जा दिँदा नै कोषले राखेका अन्य शर्तहरूमा ब्याजदर वृद्धि पनि थियो ।

ब्याजदर वृद्धिसम्बन्धी छलफलबारे जानकार स्रोतको भनाई उद्धृत गर्दै उच्च स्तरमा उक्लिएको महँगीका कारण केन्द्रीय बैंकले यही महीना ब्याजदर बढाएर ७५ प्रतिशत बढाउने योजना बनाइरहेको रोयटर्सले सेप्टेम्बरको शुरुमै समाचार छापेको थियो । एजेन्सी  

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement