ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाल ल्यूब आयलको सचिव र सञ्चालक परिवर्तन 

२०७९ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल ल्यूब आयलको सचिव र सञ्चालक परितर्वन भएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार सञ्चालक र सचिवको जिम्मेवारी परिवर्तन भएको कम्पनीले जानकारी दिएको हो । 

कम्पनी सचिव भुपेन्द्रबहादुर शाहीले कम्पनीको सेवामा रहन असमर्थ भएको जानकारी गराएसँगै कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईलाई सचिवमा नियुक्त गर्ने निर्णय गरिएको हो । भट्टराईलाई भोलि (भदौ ३१ गते)देखि लागू हुने गरी सविचको समेत जिम्मेवारी दिइएको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थानको तर्फबाट एक÷एक वर्ष पालैपालो सञ्चालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था अुनसार राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मोहन तिम्सिनाको प्रतिनिधित्व रहेकामा भोलि (भदौ ३१ गते)देखि लागू हुने गरी हिमाल सिमेन्ट लिमिटेडको तर्फबाट रविन्द्रराज पन्तले प्रतिनिधित्व गर्ने जानकारी कम्पनीले गराएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement