ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बडादशैंको टीका असोज १९ गते, उत्तम साइत : ११ बजेर ५१ मिनेटमा

२०७९ असोज, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  यस वर्ष बडादशैंको शुभ साइत आगामी असोज १९ गते बुधवार बिहान ११ : ५१ बजे उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यस बिहान १० : ३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने छ ।समितिका अनुसार पूर्वी मोहडा गरेर टीका लगाउनु पर्नेछ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जानकारी दिएको छ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ ।

असोज १० गते बिहान १०: २३ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज १० गते सोमवारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० : २३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ : ११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । 

असोज १४ गते शुक्रवार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतवार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १० : ०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११: ३५ बजेको छ ।

असोज १७ गते सोमवार महाअष्टमी पर्व परेको छ । असोज १८ गते मङ्गलवार महानवमी पर्व परेको छ । असोज १९ गते बुधवार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । 

 असोज २३ गते आइतवार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैं पर्व समापन हुन्छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement