ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरवेजले शुरु गर्‍यो सातामा ७ उडान         

२०७९ असोज, १  
समाचार
Image Not Found

काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि जजिरा एयरवेजले हप्तामा सात ओटा उडान शुरु गरेको छ ।

गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले सात उडान शुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बताएको छ ।  भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि शुक्रवारदेखि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ । अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० बाट नियमित उडान गर्ने अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।     
     
उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्शन लेटर’ पाइसकेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका छन् । प्राधिकरणले अन्तरराष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शत्प्रतिशत छूटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छूट दिएको छ ।  रासस
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement