ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सैनिक कल्याणकारी कोषको सम्पत्ति : ६९ अर्ब ३ करोड, नगद मौज्दात ६२ अर्ब ६८ करोड        

२०७९ असोज, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ६९ अर्ब ३ करोड ७९ लाख पुगेको छ ।

नेपाली सेनाद्वारा शुक्रवार यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ पुगेको जानकारी दिइयो ।   विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ ओटा वाणिज्य बैंकमा रहेको छ ।

कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त १ करोड २४ लाख १ हजारबाट कोष स्थापना गरिएको थियो ।     
     
सैनिक कल्याणकारी कोषबाट करीब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए ।

सैनिक कल्याणकारी कोषको रकम विगतमा ८५ करोड रुपैयाँ जोखिममा रहेकामा हाल त्यो घटेर करीब ५ करोड रुपैयाँमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको बताएको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement