ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

२०७९ असोज, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अछाम जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय अक्षामले दिएको जानकारी अनुसार शुक्रवारदेखि परेको अविरल वर्षासँगै गएको पहिरोबाट पुरिएर मृत्यु भएका १४ जनाको शव फेला परेको छ । स्थानीय कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका ९ जनाको अझै अवस्था अज्ञात रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएका ११ जना घाइतेको उद्दार गरिएको छ ।केहि दिन यतादेखि त्यहाँ निरन्तर वर्षाका कारण यातायात, विद्युत् अवरुद्ध छन् भने  जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ ।

बर्सातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।     

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement