ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

बीआरआईबाट ठूलो अपेक्षा नराख्नुस् : पूर्वअर्थमन्त्री पाण्डे

२०७९ असोज, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् । 

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका हुन् । उनले बीआरआई परियोजनामा चीन आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताए । 

उनले चीनसँगको बिआरआई सहयोगको जति व्यापक चर्चा भए पनि बीआरआई आउने आशा नभएको बताए । पूर्वअर्थमन्त्री पाण्डेले नेपाल चीनको मनोविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले  नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको बताए । 

पाण्डेले नेपालमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए । भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै उनले विदेशी राष्ट्रहरूको स्वार्थलाई बुझेर मात्रै वैदेशीक लगानीसम्बन्धी नीति बनाउनुपर्ने बताए । विश्वका मुलुकहरू अन्य स्वार्थमा हिँडे पनि नेपालले आफ्नो स्वार्थको लागि सबैसँग वैदेशीक सहयोग लिन सक्नुपर्ने उनकाे भनाइ छ ।  

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement