ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त बीच मर्जर सम्झौता, स्वाप रेसियो १०० : ८७ %

२०७९ असोज, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था बीच मर्जर हुने भएको छ । 

ती दुई कम्पनी बीच एकापसमा गाभिने उद्देश्यले शुक्रवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् ।

मर्जरका लागि शेयर आदानप्रदान अनुपात १०० : ८७ कायम हुने छ । साना किसानको शेयरको हिस्सा १०० हुँदा आरएमडीसीको ८७ हुनेछ । एकापसमा गाभ्ने/ गाभिने कार्य सम्पन्न भएपछिको एकीकृत वित्तीय संस्थाको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने छ । 

मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पूँजी कोष ७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रुपैयाँ पुग्नेछ । 

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला र ज्योतिचन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।

साथै, दुबै कम्पनीका संस्थापक समूहबाट २/ २ जना, सर्वसाधारण समूहबाट १/ १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ । मर्जरमा जान लागेका दुवै कम्पनीहरू थोक कर्जा प्रदायक लघुवित्त कम्पनीहरू हुन्  ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement