ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

एक हप्तामा १४ प्रतिशतले घट्यो मेटाको शेयर 

२०७९ असोज, १  
अन्तरराष्ट्रिय
Image Not Found

सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकको शेयर मूल्य पछिल्लो समय घटेर कोरोना भाइरसको महामारी शुरु हुनु अघिकै सस्तो भएको छ ।

गएको एक हप्तामा फेसबुकको मातृ कम्पनी मेटाको शेयर मूल्य १४ प्रतिशतले घटेको छ  । शुक्रवार कम्पनीको प्रतिकित्ता १४६ डलर २९ सेन्टमा आएको छ । यो सन् २०२० को मार्चयताकै न्यून हो । गएको १२ महीनामा मेटाको शेयर मूल्य ६१ प्रतिशतले घटिसकेको छ ।

यो सबैभन्दा धेरै गुमाउने ठूला प्रविधि कम्पनीमा पर्दछ । मेटाको शेयरमा आएको कमी नाष्डाक कम्पोजिटको भन्दा दोब्बरभन्दा धेरै हो । लगातार पाँच दिनसम्म घटेको मेटाको शेयर मूल्य सन् २०२० को मार्च १६ मा शेयर बजार बन्द हुँदाको भन्दा २८ सेन्ट मात्रै माथि छ ।

मेटाको शेयर मूल्य प्रतिकित्ता १४६ डलर शून्य १ सेन्टमा आयो भने यो सन् २०१९ को जनवरीयताकै न्यून हुनेछ । त्यतिबेला फेसबुकले क्याम्ब्रिज एनालिटिका घोटलाको सामना गरिरहेको थियो ।

पछिल्लो समय एप्लको आईओएसमा गोपनियता अपडेटले कम्पनीको विज्ञापन प्रभावित भइरहेको छ । टिकटकले प्रयोगकर्ता र विज्ञापन खोसिदिँदा पनि फेसबुक मारमा परेको छ ।

आर्थिक सुस्तीका कारण कयौं कम्पनीहरुले अनलाइन विज्ञापनको खर्च कटौती गर्दा पनि कम्पनीको विज्ञापनबाट हुने आम्दानी घटेको छ । एजेन्सी 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement